लगातारको भारी वर्षापछिको बाढीपहिरोका कारण एकतर्फी हवाई उडानमा यात्रुको चाप बढेको छ। सडक सञ्जालमा पुगेको क्षतिलाई मध्यनजर गर्दै बुद्ध एयरले आजदेखि पूर्व झापाको भद्रपुरमा दुई उडान थपेको छ।
यसले यात्रुहरूलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने विश्वास लिएको बुद्ध एयरले जनाएको छ। भद्रपुर–काठमाडौं उडानको भाडादर रु. ५ हजार मात्रै भए पनि बुद्धको जहाज रित्तै फर्किएको छ।
भद्रपुर–काठमाडौं दुई उडानमध्ये एक उडान खाली र अर्को उडानमा १० यात्रु मात्रै आएका कम्पनीले जनाएको छ। दसैँको समयमा राजधानी काठमाडौं छाड्नेको संख्या धेरै हुने भएकाले काठमाडौं उडान भर्ने जहाजमा यात्रुसंख्या कम हुने गरेको छ।
यसका बाबजुद भद्रपुर तथा जनकपुर गन्तव्यमा बिहानको उडान थप बुद्ध एयरले जनाएको छ। गत वर्षको जाडोमा भद्रपुरमा खासै हुस्सु कुहिरो नलागेकाले यी दुई स्थानमा उडान थपिएको बताइएको छ। मौसम तथा अनुकूलतासँगै हरेक दिन उडान थप्ने बुद्धले जनाएको छ।