लक्ष्मी इलेक्ट्रोटेकको डबल धमाका योजना

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

लक्ष्मी इलेक्ट्रोटेकले (लेट) डबल धमाका योजना ल्याएको छ । महान् चाड दसैँ–तिहारलाई लक्षित गर्दै कम्पनीले सो योजना ल्याएको हो ।

योजनामाअन्तर्गत लेटले ग्राहकलाई बोसका घरायसी सामान उपलब्ध गराउनेछ । प्रत्येक बोसको सामान खरिदमा ग्राहकले एउटा बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

साथै, यसै योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशतसम्मको छुटसमेत पाउने बताइएको छ । लेटका डाइरेक्टर अनुकूल श्रेष्ठले चाडबाडको सन्दर्भमा ग्राहकले डबल धमाका योजनाअन्तर्गत उत्कृष्ट क्वालिटीको ब्रान्ड खरिद गरी दसैँ–तिहार मनाउन सक्ने बताए । उनले यो योजना कात्तिक ३० गतेसम्म चल्ने बताए । 

सुझावित समाचार