चणिकलाललाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

बागमती सरकारले डेढ लाख नगदसहित सम्मान गर्ने

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नक्खुखोलाले बगाएका दुईजनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्।

सोमबार सहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन्। तामाङले शनिबार ललितपुर महानगरपालिका– २५ सुगम टोलस्थित नक्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए।

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे।

यसैबिच, तामाङलाई बागमती प्रदेश सरकारले डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुईजनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।

सुझावित समाचार