सिन्धुपाल्चोकको सुनकोशी–४ मा गएको पहिरोमा नेपाली सेनाका प्रमुख सेनानी मिलन केसीको मृत्यु भएको छ। विदेशी साथीसहित त्यहाँको सिन्धु बिच रिसोर्टमा बसेकोमा पहिरोले पुरेको हो।
प्रहरीका अनुसार सुरुमा उनका कोरियन साथीलाई पहिरोले पुरेको थियो। उद्धारमा जाँदा केसी पनि पुरिएका हुन्।
स्थानीयले उद्धार गरे पनि गम्भीर चोटका कारण उनको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। हालै मात्र बढुवा भएका केसी नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए।