सप्तकोशीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुग्यो, पश्चिमी तटबन्धतर्फ कटान सुरु

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

सप्तकोशी नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुगेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार केहीबेरअघिबाट नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पार भएको हो।

केहीअघिबाटै कोशीको पानी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको एक देखि १९ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको छ। 

यससँगै नदीले पश्चिमी तटबन्धतर्फ कटान सुरु गरेको छ। नदीमा पानीको बहाव अत्यधिक भएपछि आज बिहानबाटै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेडअलर्ट’ जारी गरेको छ। 

साथै, जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजावतमा रोक लगाएको छ। 

सुझावित समाचार