प्रभावितको उद्धार र राहतमा गम्भीर बन्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

सत्तारूढ दल कांग्रेसले लगातारको अत्यधिक वर्षाका कारण प्रभावितको उद्धार र राहतमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्तिमार्फत प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका हुन्।

सभापति देउवाले तीनवटै तहका सरकारले आवश्यक समन्वय गरी पीडितको संवेदनशीलताप्रति गम्भीर बन्न आग्रह गरेका हुन्। साथै, सभापति देउवाले स्थानीय पार्टीपंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतमा खटिनसमेत निर्देशन दिएका छन्।

‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासाथ सम्पूर्ण रूपले ध्यानकेन्द्रित गर्न म आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग आग्रह गर्दछु।’

सुझावित समाचार