सुनको मूल्य पाँच सयले वृद्धि

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा पाँच सय रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो  हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ६१ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासंघले चाँदीको मूल्य प्रतितोला  एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ । 
 

See More On

सुझावित समाचार