वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी ओली सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन्।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गरेका छन् । उक्त सम्बाेधनका क्रममा प्रधानमन्त्री आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै उनले ०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् ।

राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपालबाट प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रको राष्ट्रसंघ महाशाखा प्रमुख अमृतबहादुर राईलगायत छन् । प्रधानमन्त्री १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ । 

सुझावित समाचार