बाजुरामा चट्याङ लागेर एक महिला घाइते

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

बाजुरा जिल्लाको गौमूल गाउँपालिकामा चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । मंगलबार राति परेको चट्याङमा परी चार बाख्रासहित एक गोरु मरेका छन् ।

चट्याङबाट वडा नम्बर ४ कौडाकोटस्थित सयलीकी ४० वर्षीया साउनी रोकाया घाइते भएकी हुन् । उनकाे चार बाख्रा र मंगल धामीको एक गोरु मरेको गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्  । 

घाइते महिलाको खुट्टामा चोट लागेको र उपचारका लागि घट्मुना अस्पताल ल्याउने तयारी भइरहेको वडा सदस्य मंगल धामीले बताए । 
 

See More On

सुझावित समाचार