वाकीटकी पड्किएर २० को मृत्यु

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

लेबनानको हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने उपकरणको  विस्फोट बुधबार पनि जारी रह्यो । मंगलबार हेजबुल्लाहका सदस्यले बोक्ने पेजर पड्किँदा  १२ जनाको ज्यान गएको थियो भने झन्डै दुई हजार ८०० घाइते भएका थिए ।

बुधबार भने समूहका सदस्यले बोक्ने वाकीटकी पड्कियो । घटनामा २० जना मारिएका छन् र चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । 

हेजबुल्लाहले इजरायललाई ‘यस आपराधिक आक्रमणका लागि पूर्ण जिम्मेवार’ ठहर्याउँदै बदला लिने वाचा गरेको छ । इजरायलले उसको नीतिअनुरूप घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

इजरायलबाट प्रकाशित हुने मध्य–वामपन्थी पत्रिकाका ‘हारेट्ज’ अमोस हरेलले पेजर र वाकीटकी विस्फोटले ‘इजरायल र हेजबुल्लाहलाई पूर्ण रूपमा युद्धको सँघारमा’ पुर्याएको चेतावनी दिए । 

सुझावित समाचार