आइसिसी विश्वकप लिग– २ : नेपाल ओमानसँग पराजित

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किंग्स सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

ओमानले नेपालले दिएको लक्ष्य ४९.५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।  

सुझावित समाचार