सेतीमा ट्र्याक्टर खस्दा दुईजना बेपत्ता, तीनजना घाइते

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

बझाङको सेती नदीमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् भने तीनजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका– २ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्र्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एकजना बेपत्ता भएका उनले जानकारी दिए । 

ट्र्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताए। अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उनले जानकारी दिए । 

सुझावित समाचार