राष्ट्रिय सभाका दुई विषयगत समितिमा सभापति चयन

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभाका दुई विषयगत समितिमा सभापति चयन भएका छन्। सोमबार विधायन व्यवस्थापन समिति र प्रत्यायोजित विधायन समितिमा सभापति चयन भएका हुन्।

विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भइन्। एकीकृत समाजवादीकी जयन्ती राईलाई एक मतले पराजित गर्दै दाहाल निर्वाचित भएकी हुन्।

दाहालले नेपाली कांग्रेस, नेकपा एमाले र जसपाबाट आठ मत पाउँदा राईले माओवादी केन्द्र र एकीकृत समाजवादीबाट गरी सात मत पाइन्।

यता प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्विरोध चयन भएका हुन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै नवनिर्वाचित सभापतिद्वयलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सुझावित समाचार