दलहरूलाई शाहीको आग्रह– संसद् चलाउनुस्, यो झगडा नगर्नुस्

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण
दलहरूलाई शाहीको आग्रह– संसद् चलाउनुस्, यो झगडा नगर्नुस्

फाइल तस्बिर

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् चलाउन सबै दललाई अपिल गरेका छन्।

सभामुखको कार्यकक्षमा जारी प्रमुख सचेतकहरूको बैठकमा शाहीले अनावश्यक विषयमा झगडा नगर्न र सदनको कारबाही अगाडि बढाउन अनुरोध गरेका हुन्।

एमालेले जनयुद्धलाई होच्याउने गरी प्रयोग गरेको हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय सभामुखले सुनाएपछि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले आपत्ति जनाउँदै संसदमा अवरोध गरेको छ। उक्त शब्द रेकर्डबाट नहटाए अवरोध जारी राख्ने निर्णय पनि गरेको छ।

सहमति खोज्न सभामुखले प्रमुख दलका सचेतकलाई बोलाएर छलफल गरिरहेका छन्।

सुझावित समाचार