सफ्टी हाइजिन प्रालिले युकेको ब्रान्ड ‘मिनिमी बेबी पेन्ट–डाइपर’ नेपाल भित्र्याएको छ । बेबी पेन्टको हास्यकलाकार मदनकृष्ण श्रेष्ठले लन्च गरे । लन्च कार्यक्रममा सफ्टी हाइजिनकी ब्रान्ड एम्बासडर वर्षा सिवाकोटी, मिनिमी ब्रान्ड पार्टनर कञ्चन निरौला, राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलगायतको उपस्थिति थियो ।
उच्च गुणस्तरीय बेबी पेन्ट स्मल, मेडियम, लार्ज र एक्स्ट्रा लार्ज गरी चार साइजमा उपलब्ध रहेको बताइएको छ । यसको बिक्री कम्पनीका ५१ वटा अधिकृत विक्रेता तथा भाटभटेनी सुपरमार्केटमार्फत सुरु भएको कम्पनीले जनाएको छ ।
बेबी पेन्टमा थ्रिडी एवजर्वेन्ट कोर भएको, सुपर सफ्ट, ब्रिदेबल मेटेरियल, डबल लिक गार्ड र डिस्पोजल टेप रहेका छन् । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गर्दै कम्पनीले यो प्रिमियम बेबी पेन्ट बजारमा ल्याएको र यो बजारमा पाइने अन्य बेबी पेन्टभन्दा गुणस्तरमा माथि रहेको कम्पनीको दाबी छ ।