नेपाल पुलिस क्लबले आइतबार उज्वेकिस्तानको हुमो भिससँग खेल्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको सुरुवात गरेका छ । काभाले शनिबार निकालेको तालिका सेप्टेम्बर १६ मा श्रीलंका एयरफोर्स, १७ मा ताजकिस्तानको भिसी डाइमेड, १८ मा माल्दिभ्सको क्लब वाम्को र १९ मा माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
रूपेश विष्ट प्रशिक्षक रहेको पुलिसले कमला पुनलाई कप्तान बनाएको छ । टोलीमा कमलासँगै उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनीषा चौधरी, कोपिला राना, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, सरस्वती कट्टेल र लक्ष्मी चन्द छन् ।
पुलिसले यो प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस् क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको । आठौँ एनभिए लिग विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । पुलिसले एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।