वरिष्ठ महिला चिकित्सकहरू सम्मानित

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन्। नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत  राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन्।

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्तर्गत डा. रीता गुरुङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय छन्।

वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम अचिभमेन्ट अवार्डअन्तर्गत  डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ छन्।

सुझावित समाचार