नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा २३औँ पल्सर स्पोर्टस् अवार्ड, २०८० शुक्रबार हुँदै छ । मञ्चले विभिन्न विधामा खेलकर्मीलाई अवार्ड प्रदान गर्नेछ । वर्षको उत्कृष्ट महिला, पुरुष, युवा र प्रशिक्षकका समान पाँचजना उत्कृष्ट हुने दौडमा छन् । गत वर्ष अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलमा प्रदर्शन गरेको आधारमा मञ्चले विभिन्न विधाका मनोनयन सार्वजनिक गरिसकेको छ । क्रिकेटबाट सर्वाधिक पाँचजना, फुटबल र कराँतेबाट तीन–तीन खेलाडी परेका छन् ।
चीनको हाङझाउमा भएको एसियन खेलकुद, वाफ महिला च्याम्पियनसिप, काभा नेसन्स भलिबल लिगसँगै विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा उनीहरूलाई प्रशिक्षण गरेका प्रशिक्षक मनोनयनमा परेका छन् । पिपल्स च्वाइस अवार्डको विजेता भोटिङका आधारमा हुनेछ । यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस वर्ष पनि अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रप रहेको छ ।
२५औँ एआइपिएस एसिया कंग्रेस सकियो
खेलकुद पत्रकारहरूको छाता संगठन एआइपिएस एसियाको २५औँ कंग्रेस काठमाडौंमा बिहीबार सकिएको छ । नेपालमा पहिलोपटक एआइपिएस एसिया कंग्रेसको आयोजना एनएसजेएफले गरेको हो । खेलकुदमन्त्री तेजुलाल चौधरीले कंग्रेसको उद्घाटन गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले २५औँ कंग्रेस आयोजनामा ३० देशका खेलकुद पत्रकारको भेला प्रेरणादायी रहेको बताए ।
एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलता हात पारेको बताए । कंग्रेसको उद्घाटन सत्रमा पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवद्र्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र इस्पोर्टस् एसियाकी प्रतिनिधिबिच महिला सशक्तीकरणबारे छलफल भएको थियो । यसैबीच, एआइपिएस एसियाले होटेल एसोसिएसन अफ नेपाल (हान) र सिएमआर नेपालबीच सहकार्य भएको छ ।