कुमारी बैंकको देशैभर वित्तीय साक्षरता कार्यक्रम

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

कुमारी बैंकले युसएआइडीसँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले ‘देशैभरि वर्षैभरि’ अभियानका रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्न कार्यक्रम गरेको बताइएको छ । यसअन्तर्गत सबै प्रदेशमा प्रशिक्षक प्रशिक्षणको काम सम्पन्न गरिएको हो । 

वित्तीय ज्ञान, सीप तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने बैंकले विश्वास लिएको छ । साथै, अभियानमा सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियोलगायत प्रकाशन तथा प्रसारणसमेत गरिरहेको बैंकको भनाइ छ ।

सुझावित समाचार