दुई महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दै छ। चालू आर्थिक वर्ष ०८१/८२ को बजेट पारित गरेपछि स्थगन भएको प्रदेश सभा बैठक दुई महिनापछि बस्न लागेको हो। 

प्रदेश सरकारको सिफारिसमा प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीले जानकारी दिए । प्रदेश सभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र निजी फर्मसम्बन्धी विधेयक छलफलका क्रममा रहेको उनकाे भनाइ छ। 

प्रदेश सरकारले साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक पनि केही दिनअघि प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो । 

सुझावित समाचार