अनरले सार्वजनिक गर्‍यो विश्वकै पातलो फोल्डेबल फोन

सोमबार, २४ भदौ, २०८१
डिजिटल संस्करण

 चिनियाँ ब्रान्ड अनरले विश्वकै सबैभन्दा पातलो  फोल्डेबल फोन सार्वजनिक गरेको छ । अनरले आइएफए २०२४ मा उक्त फोन सार्वजनिक गरेको हो । सोही अवसरमा कम्पनीले अनर म्याजिक बुक आर्ट १४, अनर म्याजिक प्याड २ र अनर वाच ५ पनि सार्वजनिक गरेको छ । 

अनरले अनर प्याजिक भी थ्रीलाई आइएफए २०२४ मा सार्वजनिक गरेको छ, जुन संसारको सबैभन्दा पातालो इनवर्ड फोल्डेबल स्मार्ट फोन हुने कम्पनीको दाबी छ । यो फोन फोल्ड गर्दा जम्मा ९.२ एमएम मोटो हुन्छ र दुई सय २६ ग्राम मात्रै तौल हुन्छ । यसलाई मानक फ्ल्यागसिप स्मार्ट फोनसँग आकार र वजन तुलना गर्न सकिने कम्पनीले जनाएको छ । यसमा एआई सुविधा, उच्च र स्थायित्वको स्लिक डिजाइन र पाँच लाख फोल्डिङ चक्र रहेका छन् ।

त्यस्तै, अनर म्याजिक भी थ्रीमा ५,१५० एमएएचको तेस्रो पुस्ताको सिलिकन कार्ब ब्याट्री रहेको छ । त्यस्तै, ५० मेगापिक्सेलको क्यामरा र ४० मेगापिक्सलेको अल्ट्रावाइड क्यामरासमेत रहेको छ । 

सुझावित समाचार