अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू– २० च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा गत बुधबार सम्पन्न फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।
बुधबार र बिहीबार बसेको एन्फा कार्यसमितिले खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको थियो । त्यस्तै, एन्फाले खेलाडीलाई टिकट बिक्रीको २० प्रतिशत रकम दिने निर्णय पनि भएको थियो ।
एन्फाका अनुसार खेलाडीले टिकट बिक्रीको २० प्रतिशत (१५ हजार ४० रुपैपाँ) थप पाउनेछन् । टोलीका २३ खेलाडीसँगै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि समान ५० हजार रुपैपाँ प्राप्त गर्नेछन् । सहायक प्रशिक्षक ससेन्द्र धिमाल र राजुसिंह महर्जन, व्यवस्थापक रविन खड्का तथा फिजियोथेरापिस्ट अनिश बुढाथोकीले समान २५ हजार रुपैयाँ पाउने एन्फाले बताएको छ ।
जम्मा पुरस्कार भने १६ लाख ४५ हजार नाै सय २० रुपैयाँ रहेको छ ।