कोशीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

सरकारबाट बाहिरिएपछि आफूहरू कोशी प्रदेश सभामा मुख्य प्रतिपक्ष दल बनिसकेकाले सरकारलाई  दिएको समर्थन फिर्ता लिएको माआवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

 २६ वैशाख २०८१ देखि कोशी प्रदेशमा एमालेसँग सत्तागठबन्धनमा रहेको माओवादी केन्द्र कांग्रेस–एमालेको गठबन्धन बनेपछि ११ साउनमा सरकारबाट बाहिरिएको थियो । तर, सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । 

कोशी प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसक्दा पनि अझैसम्म कांग्रेस सरकारमा सहभागी भइसकेको छैन । आन्तरिक कारण देखाउँदै कांग्रेस सरकारमा सहभागी नहुँदा मन्त्रालय खाली राखेर एमालेले एकल रूपमा सरकार सञ्चालन गरिरहेको छ । 

See More On

सुझावित समाचार