केईका एकसाथ तीन मोडेल अनावरण

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इ–मोबिलिटीले तीनवटा मोडेल सार्वजनिक गर्दै बुकिङ खुलाएको छ । कम्पनीले इक्विट–२, इक्विट–४ र इलेक्ट्रिक एसयुभ एक्स–३ प्रो इभी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नाडा अटो सो २०२४ मा सार्वजनिक भएका इक्विट–२ को मूल्य १९ लाख ९६ हजार, इक्विट–४ को २४ लाख ९६ हजार र इलेक्ट्रिक एसयुभ एक्स–३ प्रो इभीको ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नाडा विशेष अफरअन्तर्गत ग्राहकले केई गाडीको खरिदमा ७÷३ किलोवाटको वाल माउन्टेड चार्जरका साथै एक वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीको स्टल नं एच–१६ रहेको छ । 

See More On

सुझावित समाचार