नेप्से ३६ अंकले घट्यो, कारोबार रकममा पनि संकुचन

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झन्डै ३७ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६.८३ अंखले ओरालो लागेर दुई हजार सात सय ४९.५७ मा ओर्लेको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३५ अंकले ओरालो लागेर चार सय ८९.७९ मा ओर्लेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा म्युचल फन्डको मात्रै उकालो लागेको छ।

कुल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता सेयर रु. १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ। कुथरी बखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

रसुवागढी हाइड्रोपावर नौ दशमलव ९९, मिड सोलु हाइड्रोपावर आठ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ६२ प्रतिशतले कमाएका छन्।

यस्तै, थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य आठ, तारागाउँ रिजेन्सी होटेल चार दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले चार दशमलव ७८ प्रतिशतले गुमाएका छन्। रासस

सुझावित समाचार