अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को अभियोग

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

अमेरिकी अभियोजनकर्ताले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नयाँ संशोधित अभियोग लगाएका छन्, जसमा उनलाई सन् २०२० को चुनाव हारिसकेपछि चुनावी परिणाममा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

यस मुद्दालाई अमेरिकी सर्वोच्च अदालतले यसअघि राष्ट्रपति रहँदा गरेका कामका लागि पूर्वराष्ट्रपतिहरूलाई आपराधिक सुनुवाइ नहुने फैसलाको परीक्षण गर्ने प्रयास गरेको बिबिसीले जनाएको छ । उक्त सुनुवाइका कारण यो मुद्दामा सुनुवाइ हुनेमा शंका छाएको छ । 

ट्रम्पले यसअघिका आरोपमा आफू निर्दोष रहेको दाबी गरेका छन् । त्यसबाहेक नोभेम्बर ५ को चुनावअघि यस मुद्दा अदालत पुग्ने सम्भावनासमेत नरहेको बताइन्छ ।

डिपार्टमेन्ट अफ जस्टिसका विशेष अभियोजक ज्याक स्मिथले ल्याएको यो अभियोगमा ट्रम्पविरुद्ध अमेरिलाई ठग्ने षड्यन्त्र गरेको, सरकारी काम रोग्ने षड्यन्त्रमा सहभागी भएको, सरकारी काम रोक्ने प्रयास र अधिकारविरुद्धको षड्यन्त्र गरेकोलगायत चार अभियोग लगाएका छन् ।
 

See More On

सुझावित समाचार