चार खेलाडीले एसियन जुनियर खेल्ने

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

एसियन बक्सिङ कन्फेडेरेसनको आयोजनामा अबुधाबीमा हुने एसियन जुनियर बक्सिङ प्रतियोगितामा नेपालबाट चार खेलाडीले भाग लिने भएका छन् । प्रतियोगितामा नेपालबाट पुरुष तथा महिला टोलीले भाग लिनेछन् ।

सहभागी हुने खेलाडीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् । उनले देशको नाम उचो राख्ने गरी प्रर्दशन गर्न सुझाव दिए । प्रतियोगिता ११–२५ भदौसम्म हुनेछ ।

नेपालबाट जुनियर ४६ केजी तौल समूहमा चन्दन शाही, ६० केजी तौल समूहमा सेरप गल्चेन शेर्पा, ८० केजीमा सर्यन वैद्य र ६१ केजी स्कुलमा रोमस श्रेष्ठले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले बताए ।

प्रतियोगितामा सहभागी जनाउनका लागि संघले १ सय ७५ खेलाडीबाट छनोट गरेको अवालेले बताए प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ वर्ष उमेर समूहका ४ सय ५० जनाभन्दा बढी खेलाडीले खेल्नेछन् । 

See More On

सुझावित समाचार