सहज छैन थाक्सिनपुत्री पेटोङटार्नको सत्तायात्रा

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

थाइल्यान्डको इतिहासका सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीकी गर्विलो पिताका रूपमा अर्बपति थाक्सिन सिनावार्ताको राजनीतिक प्रभाव पुनः फर्किएको छ । कुनै समय ठुलो संख्यामा मतदाताका आकर्षणका केन्द्र थाक्सिनले उमेरको शिखर अर्थात् ७५ वर्षको उमेरमा कुनै नाटकको नायकजसरी सत्तामा पुनरागमन गरेका छन् ।

थाक्सिनको बलियो प्रभाव रहेको फेउ थाई पार्टीको नेतृत्वमा गठबन्धन सरकार बनेको भए पनि पछिल्लो थाई चुनावमा दोस्रो स्थानमा ठेलियो । एक करोड ४० लाख मतसहित भर्खरै खुलेको दल मुभ फरवार्ड पार्टीले सबैभन्दा ठुलो दल बन्यो । दोस्रो ठूलो दलमा धकेलिएपछि सिनावात्रा वंशले विगतको प्रगतिशील पहिरन परित्याग गरेर उग्र राजवादी–रूढीवादी–अभिजात वर्ग मिलेर बनेको गठजोडको स्वार्थरक्षक बनेको आलोचकहरूले आरोप लगाइरहेका छन् । जब कि कुनै समय प्रजातन्त्रको बलियो वकालत गर्ने यस दलले ग्रामीण भेगका विपन्नलाई सम्पत्ति–पुनः वितरण गर्ने नीतिको वकालत गथ्र्यो ।

यही नीतिको बलमा सन् २००१ देखि २०११ बिच भएको तीन निर्वाचनमा फेउ थाई पार्टीले भारी मत जित्यो । तर, अहिले उही दल हिजो आफैँले शत्रु घोषणा गरेकासँग गठबन्धन गरेर सरकारको नेतृत्व गरी बसेको छ । ‘थाक्सिनले यो वर्ष आफू राजनीतिक आदर्शवादी नभएर एक अवसरवादी नभएको देखाएका छन्,’ थाइल्यान्डको नारेसुआन विश्वविद्यालयका राजनीतिशास्त्रका अध्यापक पल चेम्बर्सले भने । 

३८ वर्षको उमेरमा प्रधानमन्त्री बनेर थाक्सिनकी छोरी पेटोङटार्नले थाइल्यान्डका सबैभन्दा कान्छी कार्यकारी प्रमुखको कीर्तिमान बनाएको भए पनि अब उनको काँधमा एक कठिन जिम्मेवारी आएको छ । उनले राज्यका संघर्षरत सम्भ्रान्तलाई नियन्त्रणमा लिएर देश चलाउन सक्षम भएको जनतामाझ विश्वास दिलाउन सक्नुपर्छ ।

३८ वर्षको उमेरमा प्रधानमन्त्री बनेर पेटोङटार्नले थाइल्यान्डको सबैभन्दा कान्छी कार्यकारी प्रमुखको कीर्तिमान बनाएको भए पनि अब उनको काँधमा एक कठिन जिम्मेवारी आएको छ । उनले सम्भ्रान्तलाई वशमा राखेर देश चलाउन सक्षम भएको विश्वास दिलाउन सक्नुपर्छ ।

उनको पहिलो चुनौती त्यही स्रोतबाट आउनेछ, जसले उनको प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको थियो । देशको संवैधानिक अदालतले आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई अचानक हटाएपछि अहिलेको नयाँ परिस्थिति सिर्जना भएको हो । फेउ थाई नेतृत्वको गठबन्धनलाई कमजोर पार्ने उक्त कानुनी कदम रूढीवादी तप्कामाझ बलियो प्रभाव रहेका जनरल प्रवित वोङसुवोनको योजनामा कार्यान्वयन भएको धेरैको आशंका छ । 

तर, प्रवित आफैँ एक काण्डमा फसेका छन् । प्रवितले आफूलाई प्रश्न सोध्ने थाई–पिबिएसका पत्रकार दुआङथिप यियामफप गम्भीर चोट पर्ने गरी हिर्काएको एक भिडियो सार्वजनिक भएको छ । त्यस घटनामाथि छानबिन गर्ने थाई संसद्ले जानकारी गराएको छ । यदि यी ७९ वर्षीय वृद्ध नेता नैतिक उल्लंघनको आरोपमा दोषी देखिएमो उनी सांसदको रूपमा निलम्बन हुन सक्छन् वा अझ उनीमाथि आजीवन राजनीतिक प्रतिबन्ध लाग्ने सम्भावना पनि छ । यस प्रकरणपछि भावी सरकारमा प्रवित सहभागितामाथि प्रश्न उठेको छ । 

अगस्ट २२ मा थाक्सिन थाइल्यान्ड फर्किएको एक वर्ष पुग्यो । राजाले आममाफी दिएपछि उनी हाल स्वतन्त्र रूपमा हिँडिरहेका छन् । तर, देशको फौजदारी संहिताको धारा ११२ उल्लंघन गरेको आरोप अझै यथावत् छ । उनको शक्ति धेरै बढ्दै गएकामा थाक्सिनका पुराना शत्रुहरूले त्यसलाई सक्रिय बनाउने सम्भावना रहेको विश्लेषक बताउँछन् । ‘थाक्सिनले पेटोङटार्नमार्फत अचानक राजनीतिक शक्ति प्रयोग गर्न थाले भने यो सरकार धेरै लामो टिक्दैन,’ चेम्बर्सले भने ।

सरे विश्वविद्यालयबाट होटेल म्यानेजमेन्टमा डिग्री गरेकी पेटोङटार्न राजनीतिक क्षेत्रकी नयाँ खेलाडी हुन् । उनीसँग न चुनाव लडेको अनुभव छ, न उनले कहिल्यै मन्त्री पद सम्हालेकी छिन् । मे २०२३ को चुनावको प्रचारको क्रममा उनलाई पार्टी नेताका रूपमा फेउ थाईबाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रचार गरिएको थियो ।

गर्भवती रहेकी उनले आफूलाई एक ऊर्जावान् प्रचारक र स्पष्ट वक्ताका रूपमा पेस गर्न सफल भएकी थिइन् । तर, त्यस चुनावमा नवगठित दल मुभ फर्वार्ड पार्टीले अर्थतन्त्रको वृद्धि र संरचनात्मक सुधारको वाचा गर्दै चुनाव जित्यो । चुनावमा सबैभन्दा धेरै मत हासिल गरेर फेउ थाईले रूढीवादी पार्टीसँग मिलेर गठबन्धन बनाएपछि उ प्रतिपक्षी बेन्चमा धकेलियो । संवैधानिक अदालतले यही महिनाको सुरुमा मुभ फर्वार्डलाई विघटन गर्यो र यसका प्रमुख नेता पिता लिम्जारोएनातलगायत अन्य पदाधिकारीहरूलाई एक दशकसम्म राजनीतिबाट प्रतिबन्ध लगाइदियो । 

पेटोङटार्नले आफूलाई सबै थाईका लागि काम गर्ने प्रधानमन्त्री बन्ने बताएकी छिन् । तथापि, नीति–निर्देशनका लागि उनी आफ्नो पिता र पार्टीका दिग्गज नेताहरूमा निर्भर पर्ने अपेक्षा गरेका छन् । थाक्सिन आफैँले पनि उनकी छोरीको सरकारमाथि उनको प्रभाव नहुने भन्ने विश्वास दिलाउन सकेका छैनन् । यहि महिना पत्रकारहरूले पेटोङटार्नको निर्णयमा उनी हाबी हुनेछन् भनेर सोध्दा उनले ठट्टा गर्दै भने ‘हावी हुने रे ? उनीमाथि मेरो हक छ । आखिर उनी मेरी छोरी हुन् ।’ त्यसमाथि पेटोङटार्न प्रधानमन्त्री हुँदा अर्थतन्त्रमा ऋणको ठुलो भार छ, झन्डै देशको कुल गार्हस्थ्य उत्पादनको लगभग ९० प्रतिशत । बैंकमाथि खराब ऋणको छाया छ । कुनै समय थाइल्यान्डको बलियो उत्पादन क्षेत्र पनि प्रतिस्पर्धात्मक हुन सकिरहेको छैन । 

सिनावात्राका बफादार समर्थकहरूका लागि भने उच्च पदमा सोही परिवारका एक सदस्यको फिर्तीले पुरानो सुखद दिनको स्मरण गराएको छ । सन् २००१ मा सत्तामा आएपछि थाक्सिनले थाई अर्थतन्त्रलाई सन् १९९० को दशकदेखि जारी विनाशकारी संकटबाट बाहिर निकालेका थिए । ‘थाक्सिनोमिक्स’ नाम दिइएको उनको नीतिले देशमा जापानी लगानीकर्ताहरूलाई विद्युतीय तथा कार उद्योगहरूमा आकर्षित गर्दा उनको पहिलो कार्यकालमा औसत वृद्धि ६ प्रतिशतभन्दा बढी रह्यो । अझ, थाक्सिनको एजेन्डाले देशमा लामो समयदेखि उपेक्षित ग्रामीण विपन्न समुदायलाई देशको इतिहासमा पहिलोपटक राजनीतिक बहसको केन्द्रमा ल्यायो । विपन्नका लागि कलेज छात्रवृत्ति, कृषि अनुदान, ३०० भाटको न्यूनतम दैनिक ज्याला र लगभग निःशुल्कजस्तै ‘३० भाट’को स्वास्थ्य सेवा योजना कार्यन्वयनमा आयो ।

ती अग्रगामी पहलले दुई दशकपछि पनि लाखौँ थाई नागरिकहरूलाई अत्यावश्यक चिकित्सा सुरक्षा प्रदान गरिहेको छ । तर, थाक्सिनको बढ्दो लोकप्रियता र राजनीतिक शक्तिबाट त्रसित अभिजात वर्गले उनलाई भ्रष्टाचारको आरोप लगाउँदै कुमार्फत अपदस्थ गरिदियो । सन् २००६ को कुपछि उनी आफूमाथि लागेको भ्रष्टाचारको आरोपमा जेल पर्नबाट बच्न विदेश भागे ।

उनकी कान्छी बहिनी यिनलकले सन् २०११ को चुनावमा भारी मतले जित हासिल गरिन्, तर यिनलकको सरकार पनि सन् २०१४ मा सेनाप्रमुख प्रयुथ चान–ओचाले अर्को कुबाट ढल्यो । त्यसपछिको एक दशक लामो प्रयुथको शासनमा देशको अर्थतन्त्र कमजोर बन्दै गएर यो ऋणको भारीमा परेको छ । पेटोङटार्न र उनका पिताले आगामी तीन वर्ष सरकारको नेतृत्व गर्ने आशा गरेका छन् । हुन पनि तीन वर्ष भनेको केही उल्लेखनीय काम गरेर जनतामा बलियो प्रभाव पार्न पर्याप्त समय हो । तथापि, यो त्यति सजिलो काम भने हुनेछैन । मुभ फर्वार्डका अधिकांश मतदातामा पनि फेउ थाईले परिवर्तन ल्याउनेमा बलियो शंका छ । 

साउथ चाइना मर्निङ पोस्टका लागि एइडेन जोन्सको आलेख

सुझावित समाचार