उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

मदन भण्डारी राजमार्गमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका–३ को हात्तिसार खण्डमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईंका अनुसार दुर्घटनामा परेर ट्याक्टरचालक अन्दाजी ३० वर्षे तिलक राईको मृत्यु भएको हो। ‘मृतक ट्याक्टरको चालक भन्ने प्रमाणित भएको छ, तर, ठेगाना खुलेको छैन,’ उनले भने।

सुनसरीको इटहरीबाट सामान लिएर उदयपुरको बेलका नगरपालिका–२ भागलपुरतर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर ओरोलामा अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी चापागाईंले बताए। घाइते भएका अन्य दुईजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

सुझावित समाचार