राज्य संयन्त्रमा सीमान्तकृत वर्ग र समूहको पहुँच बढाउने उद्देश्यले त्यसको एउटा औजारका रूपमा राज्यले १७ वर्षअघि सरकारी सेवा प्रवेशमा आरक्षण व्यवस्था सुरु गर्यो ।
कमजोर र सीमान्तकृत अवस्थाका वर्ग, जाति, समुदाय र वैयक्तिक हिसाबमा अपांगता भएकाहरूलाई राज्यसंयन्त्रमा पहुँच सुनिश्चित गर्न निश्चित आरक्षण कोटा नै तोकेर त्यसमा लक्षितलाई मात्रै प्रतिस्पर्धा गराइएको छ । तर, आरक्षणको मर्मविपरीत एउटै व्यक्तिले पटक–पटक कोटा प्रयोग गरेर असीमित लाभ लिएका छन् ।
इन्द्रदेव यादव : १६ असोज ०६९ मा शाखा अधिकृत, ०३ साउन ०७५ मा उपसचिव र २६ असार ०७७ मा सहसचिवमा उत्तीर्ण यादवले तीनैपटक ‘मधेशी’ कोटामा नाम निकालेका हुन् ।
पुष्पराज शाही : ९ वैशाख ०६६ मा नायब सुब्बा, २४ कात्तिक ०६७ मा शाखा अधिकृत र १३ वैशाख ०६९ मा उपसचिवमा उत्तीर्ण शाहीले तीनैपटक ‘पिछडिएको क्षेत्र’ कोटामा नाम निकालेका हुन् ।
मेखबहादुर मग्राती : १ पुस ०६६ मा नायब सुब्बा, १६ कात्तिक ०६७ मा शाखा अधिकृत र २२ कात्तिक ०७८ मा सहसचिवमा नाम निकालेका मग्राती तीनैपटक ‘दलित’ कोटाबाट उत्तीर्ण भएका हुन् ।
गेहेन्द्र राजभण्डारी : ३१ भदौ ०६६ मा शाखा अधिकृत, २१ चैत ०६९ मा उपसचिव र ८ वैशाख ०७३ सहसचिवमा नाम निकाल्न सफल राजभण्डारी तीनैपटक ‘आदिवासी–जनजाति’ कोटाबाट उत्तीर्ण भएका हुन् ।
जो दुईपटक कोटाबाट फड्किँदै अहिले सचिव छन्
सेवा लम्साल : महिला कोटाबाट २० वैशाख ०६७ मा उपसचिव र १८ फागुन ०६७ मा सहसचिव बनेकी लम्साल
अहिले परराष्ट्र मन्त्रालयमा सचिव छिन् । उनलाई हालै बेल्जियमको राजदूतमा सिफारिस गरेको छ ।
सरिता दवाडी : महिला कोटाबाटै १ वैशाख ०६७ मा उपसचिव र २३ फागुन ०६९ मा सहसचिव बनेकी दवाडी हाल ऊर्जा मन्त्रालयमा सचिव छिन् ।
प्रमिलादेवी शाक्य बज्राचार्य : महिला कोटाबाटै १६ वैशाख ०६६ मा उपसचिव र ४ फागुन ०६७ मा सहसचिव बनेकी बज्राचार्य हाल खानेपानी मन्त्रालयकी सचिव छिन् ।
जसले दोहोर्याएर लिए कोटाको लाभ
हेमराज तामाङ : २४ असोज ०६९ मा शाखा अधिकृत र २६ असार ०७७ मा सहसचिव बनेका उनले दुवैपटक आदिवासी–जनजाति कोटाको अवसर लिए ।
चन्द्रकला पौडेल : उनले २३ वैशाख ०६६ मा उपसचिव र २४ चैत ०७० मा सहसचिव बन्दा महिला कोटाको अवसर लिइन् ।
सीता परियार : २६ भदौ ०६८ मा शाखा अधिकृत र १९ जेठ ०७१ मा उपसचिव बनेकी उनी दुवैपटक दलित कोटामा उत्तीर्ण हुन् ।
रेखा दास : २५ मंसिर ०७४ मा मधेशी कोटाबाट शाखा अधिकृत र १२ कात्तिक ०७८ मा आदिवासी–जनजाति कोटाबाट सहसचिव बनिन् ।
श्रीकुमार राई : २८ भदौ ०६८ मा शाखा अधिकृत र ४ चैत ०७५ मा सहसचिव बनेका राईले दुवैपटक आदिवासी जनजाति कोटाको अवसर लिए ।
रामप्यारी सुनुवार : १० भदौ ०६६ मा शाखा अधिकृत र १२ कात्तिक ०७८ मा सहसचिव बनेकी सुनुवार आदिवासी जनजाति कोटामा उत्तीर्ण भएकी हुन् ।
सन्देश श्रेष्ठ : २० माघ ०६६ मा शाखा अधिकृत र ४ चैत ०७५ मा सहसचिव बनेका श्रेष्ठले पनि दुवैपटक आदिवासी जनजाति कोटाबाट सफलता प्राप्त गरेका हुन् ।
सुरेन्द्रकुमार यादव : ७ भदौ ०६६ मा शाखा अधिकृत र १२ कात्तिक ०७८ मा सहसचिव बनेका यादवले मधेशी कोटाको अवसर लिएका हुन् ।
कौशलकिशोर राय : १६ भदौ ०६७ मा शाखा अधिकृत र ०७२ साउनमा उपसचिव बनेका राय मधेशी कोटामा उत्तीर्ण भएका हुन् ।
किशोरकुमार चौधरी : २८ चैत ०६७ मा उपसचिव र ४ चैत ०७५ मा सहसचिव बनेका उनले आदिवासी जनजाति कोटामा सफलता प्राप्त गरेका हुन् ।
आनन्द सारू : १७ भदौ ०६६ मा शाखा अधिकृत र ४ जेठ ०७५ मा सहसचिव बनेका सारूले पनि आदिवासी जनजाति कोटाबाटै नाम निकालेका हुन् ।
रुद्रादेवी शर्मा : शर्मा महिला कोटामा १७ भदौ ०६६ मा शाखा अधिकृत र ४ जेठ ०७५ मा सहसचिव भइन् ।
गजेन्द्र ठाकुर : मधेशी कोटामा १९ जेठ ०६७ मा उपसचिव र २० वैशाख ०७३ मा सहसचिवमा नाम निकाले
रामचरित्र मेहता : मेहताले पनि मधेशी कोटामा १७ असोज ०६९ मा शाखा अधिकृत र २८ पुस ०७८ मा सहसचिवमा नाम निकाले ।
निर्मला अधिकारी भट्टराई : १२ साउन ०६७ मा शाखा अधिकृत र ८ वैशाख ०७३ मा सहसचिव बनेकी भट्टराईले दुवैपटक महिला कोटा उपयोग गरिन् ।
वीरबहादुर राई : आदिवासी जनजाति कोटाबाट ९ चैत ०६७ मा सहसचिव बनेका राई १० असार ०७८ मा यही कोटाबाट लोकसेवा आयोगको सदस्य नियुक्त भए ।
जो कोटाबाट सहसचिव बने
महिला कोटा
लक्ष्मीकुमारी बस्नेत : २ चैत ०६७
राधिका अर्याल : ७ चैत ०६९
अनिता श्रेष्ठ : २६ असार ०७७
मनमाया पंगेनी भट्टराई : २६ जेठ ०७४
अनिता निरौला : २६ असार ०७७
कल्पना श्रेष्ठ : ८ चैत ०७८
सरिता मास्के : १४ माघ ०७१
निता पोखरेल अर्याल : २० वैशाख ०७३
मनदेवी श्रेष्ठ : २५ फागुन ०७३
करुणा केसी : २८ चैत ०७४
निरु दाहाल पाण्डे : ३ फागुन ०६८
रमादेवी पराजुली : १२ चैत ०७०
राधिका थपलिया (स्वास्थ्यतर्फ) : २१ भदौ ०७४
रुणा झा (स्वास्थ्यतर्फ) : २३ असार ०७२
आदिवासी जनजाति कोटा
कुमानसिंह गुरुङ : २० चैत ०७९
अस्मान तामाङ : २६ जेठ ०७४
धीरेन्द्रकुमार प्रधान : २ वैशाख ०७५
रामकुमार श्रेष्ठ : २६ असार ०७७
मदन भुजेल : ०३ वैशाख ०७१
उदय रानामगर : २० वैशाख ०७३
मोहनकुमार शाक्य : २५ फागुन ०७३
मधेशी कोटा
रामकुमार महतो : २६ असार ०७७
वीरेन्द्र यादव : ७ असोज ०६६
सुरेश राउत : ८ चैत ०७८
रमेशकुमार सिंह (सिँचाइतर्फ ) : १४ वैशाख ०७९
दलित कोटा
कुवेर नेपाली : २२ चैत ०७९
पिछडिएको क्षेत्र
चक्रबहादुर बुढा : १ फागुन ०७१