श्रीमतीको हत्या गरी श्रीमान् फरार

शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण

महोत्तरी गाउँपालिका १ सोनुसडानिवासी एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। अन्दाजी ४५ वर्षीय हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका हुन्। श्रीमतीको हत्यापछि अहिले उनी फरार छन्।

शुक्रबार राति ६ वर्षीया छोरी सानिमासँग कोठामा सुत्न गएको अवस्थामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको र मृत श्रीमती छोडेर उनी फरार भएका छन्। बिहान छोरीले रोइकराई गरेपछि घटना बाहिर आएको थियो। स्थानीयले थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गरेको र खबर प्राप्त हुनासाथ एसपी नकुल पोखरेलको कमान्डमा टोली पुगेर घटनास्थल सुरक्षित राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज मुड्भरीले उल्लेख गरे। 

हत्याराको खोजी गरिरहेको प्रवक्ता मुडभरीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको मुड्भरीकाे भनाइ छ।  

See More On

सुझावित समाचार