जनतालाई राहत दिन सरकार अघि बढेको छ : उपप्रधानमन्त्री सिंह

शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरी राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन्।

शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको भन्दै क्षेत्र नं १ का मतदातालाई धन्यवाद ज्ञापन गरे। 

आफू झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको नभई देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएको बताउँदै उनले भने, ‘आमनेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो। सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ।’  

उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए। उपप्रधानमन्त्री सिंहले काठमाडौंको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा प्रभावकारीका साथ अघि बढ्ने प्रतिबद्धता पनि जनाए। 

सुझावित समाचार