डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दीपायल सिलगढी नगरपालिका– ४ समूहगाडमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
धनगढीबाट दीपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना.५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । रासस