रेबिजबाट मकवानपुरमा एकसातामा दुईजनाको मृत्यु

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

रेबिजबाट मकवानपुरमा एकसाताको अवाधिमा दुईजनाको  मृत्यु भएको छ। पूर्वी मकवानपुरको बागमती गाउँपालिका– ८ साततलेमा रेविजबाट दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बागमतीका ३२ वर्षीय कमल नेगी र ९ वर्षीय रबिना थोकर रहेको साततले आधारभूत स्वास्थ्य चौकीकी प्रमुख स्वास्थ्यकर्मी रोजी पन्डितले जानकारी दिइन्। उनका अनुसार नेगीलाइ ६ महिनाअघि र थोकरलाई पाँच महिना अघि कुकुरले टोकेको थियो।

रेबिजका कारण दुईजनाको मृत्यु भएपछि स्थानीय २६ जनालाई रेविजविरुद्धको खोप लगाइएको बागमती गाउँपालिकाका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले जानकारी दिए।

गत बर्ष पनि मकवानपुरमा रेविजबाट तीनजनाको मृत्यु भएको थियो। मकवानपुरगढीमा एकजना र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुइजनाको मृत्यु भएको थियो।

रेविजको संक्रमण प्रायः कुकुर, स्याल, चितुवा, बँदेल, चमेराजस्ता पशुको टोकाइबाट सर्ने गरेको पशु प्राबिधिक गोलेले बताए।

See More On

सुझावित समाचार