सल्यानमा घाँस काट्दै गर्दा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका– ३ ढुंगेबगरका ६१ वर्षीय सुकलाल रोकाको मृत्यु भएको हो ।
घरनजिकैको किमुचौर सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट लडेका रोकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार रोका भिरबाट करिब झन्डै १० मिटर तल खसेका थिए। रोकाको शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको उनको भनाइ छ।