लुटपाटको आरोपमा तीन र लुटपाटकाे सुन खरिद गर्ने दुई गरी पाँचजना पक्राउ

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

धारिलो हातहतियार देखाई लुटपाट गरेको आरोपमा तीन र लुटपाटका सुन खरिद गर्ने दुई गरी प्रहरीले पोखराबाट पाँचजनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका– १८ बस्ने देवन गुरुङ, आजित रुचाल भन्ने हितमान सार्की र अनिश भट्ट पक्राउ परेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए । 

यसैगरी, लुटपाट गरिएको सुनको सिक्री किनेको आरोपमा पोखरा महानगरपालिका– ४ गणेशटोल बस्ने विकास सुनचाँदी पसलका सञ्चालक नारायणप्रसाद विक र एसपी मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मा पक्राउ परेका छन् ।

पोखरा– ६ लेकसाइडमा एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले धारिलो हतियार चक्कु घाँटीमा राखी डरत्रासमा पारेर उनको साथमा रहेको दुई तोलाबराबरको सुनको सिक्री एक थान, नगद १२ हजार र लेदरको कालो रङको ज्याकेट २७ साउनमा लुटी फरार भएका थिए । 

See More On

सुझावित समाचार