टेक्नो ब्रान्डले नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बासडरहरूको घोषणा र हेको थियो ।
युवा र ऊर्जावान् खेलाडीका रूपमा चिनिएका आरिफ र आसिफले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’को भावलाई दर्साउन टेक्नो विश्वस्त रहेको बताए ।
टेक्नो मोबाइलका सिइओ अरिजित तलपात्राले साझेदारीबारे भने, ‘हामी आरिफ शेख र आसिफलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ । टेक्नोसँगको उहाँहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाको संलग्नतालाई अझ
उच्च बनाउनेछ ।’
उक्त अवसरमा आरिफ शेखले यो साझेदारी र यसले दर्शकलाई संलग्न गराउने सम्भावनाबाट उत्साहित भएको बताए । त्यस्तै, आसिफले टेक्नो नेपालको उत्कृष्ट आफ्नो जोस र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको बताए ।
त्यस्तै, टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले आरिफ र आसिफले क्रिकेट मैदानमा उनीहरूको असाधारण प्रदर्शन र युवालाई प्रेरणा दिने क्षमताले टेक्नोको अत्याधुनिक विशेषता झल्काउने बताए ।