स्वास्थ्य मन्त्रीको निर्देशनअनुसार संघीय अस्पतालले थाले सेवामा सुधार

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

स्वास्थ्य मन्त्रायलमातहतका १७ संघीय अस्पतालले भिडभाड व्यवस्थापन र सेवासहजतामा सुधार सुरु गरेका छन् । ३ साउनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेललेअस्पतालहरूमा हुने भिडभाड व्यवस्थापन र सेवा सुधारका लागि निर्देशन दिएसँगै उक्त निर्देशन कार्यान्वयनस्वरूपसंघीय अस्पताल र प्रतिष्ठानहरूले सुधार सुरु गरेका हुन् । 

स्वास्थ्यमन्त्री पौडेलले अस्पताल र प्रतिष्ठानका प्रमुखहरूसँगको संयुक्त बैठकमानौबुँदे निर्देशन जारी गरेका थिए । सोही निर्देशन कार्यान्वयन भएको भन्दै पहिलोचरणमा १७ संघीय अस्पतालले मन्त्रालयलाई प्रगति विवरण बुझाएका हुन् । 

विवरणअनुसार १७ वटा संघीय अस्पतालहरूले भिड नियन्त्रणका लागि विस्तारित स्वास्थ्य सेवा लागू गरेको, ओपिडी सेवाको समयावधि थप तथा सिफ्ट विस्तार, चिकित्सक राउन्ड तथा बिरामी भर्ना÷डिस्चार्जबीचमा समन्वय, चिकित्सकको राउन्डको तालिका तय, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीजस्ता कार्य सुरु भएको छ । 

यस्तै, अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउनेपानीको निःशुल्क व्यवस्थाजस्ता योजनामा समेत सुधार ल्याएको विवरणमा उल्लेख छ ।गुनासो व्यवस्थापनका लागि हेल्प डेस्क र गुनासो बक्स व्यवस्थापन गरेर भिड व्यवस्थापनमा सहज हुँदै गएको बताइएको हो । 
औषधिको उपलब्धता सुनिश्चित गर्न र बिमा गरिएका बिरामीका लागि फार्मेसी सेवालाई व्यवस्थित गरेर सूचना प्रणालीहरूको उपयोगले बिरामी र सेवाग्राहीलाई सम्बन्धित ठाउँमा पुगेर सेवा लिन सहज वातावरण बनाइएकोसमेत अस्पतालले जनाएका छन् ।

सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नुपर्ने, अलमलिनुपर्ने र झन्झटिलो भएको आमनागरिकको गुनासो व्यवस्थापनका लागि अस्पतालको सेवा सुधारमा मन्त्रालयको चासो रहेको मन्त्री पौडेलले बताएका छन् । उनले भने, ‘लामो समयदेखि रहेको यो अव्यवस्थालाई हटाउन सम्बन्धित निकायले पनि प्रयास गरिरहेकै थिए । हाम्रो पनि त्यसमा प्राथमिकता रहँदा सेवालाई व्यवस्थित, सहज र सुलभ बनाउनसहयोग पुगेको छ । स्वास्थ्य प्रणाली व्यवस्थित गरेर आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने कामका लागेका हौँ ।’

सेवामा सुधार ल्याएका अस्पतालमध्ये टेकु अस्पताल, प्रसूति अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, नारायणी अस्पताल, मनमोहन कार्डिथोरासिक सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुशील कोइराला क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र,डडेलधुरा अस्पताल,वीर अस्पताल, नरदेवी अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रगति विवरण बुझाएका हुन् ।

स्वास्थ्य सेवा सुधार गरेर प्रगति विवरण बुझाएकाहरूमध्ये अधिकांशले ओपिडी सेवाको समय बढाएको र दुई सिफ्टमा सेवा सुरु गरिएको, अनलाइन टिकटको सुविधा सुरु गरिएको, सरसफाइमा विशेष ध्यान दिइएको, विस्तारित सेवा सुचारु गरिएका आदिमा बढी केन्द्रित छ ।

अस्पतालले पठाएको प्रारम्भिक प्रगति विवरण 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग, काठमाडौं 
–ओपीडी सेवा २ सिफ्टमा सुरु ।

थापाथली अस्पताल, काठमाडौं 
– स्पतालमा सम्पूर्ण जनरल ओपीडीसेवा यथावत, जनरल ओपीडी तथा अप्रेसन सेवामा एक घण्टा थप । 

भक्तपुर क्यान्सर अस्पताल, दूधपाटी भक्तपुर
–दुई सिफ्टमा ओपीडी सञ्चालनका साथै,थप विस्तारित स्वास्थ्यसेवा सञ्चालन ।

भरतपुर अस्पताल, चितवन
–दुई सिफ्ट ओपीडीसहित विशेषज्ञ ओपीडी सेवा सुरु । 

राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
–दुई सिफ्टमा ओपीडी सञ्चालन । ईएचएस ओपीडी समेत सञ्चालन । 

भेरी अस्पताल,बाँके 
–ओपीडीसेवामा कुनै पनि सेवाग्राहीसेवाहरू नपाइ फर्किनु नपर्ने व्यवस्था मिलाएको, छुट्टै सोधपुछ कक्ष र सहायता कक्ष व्यवस्थापन ।

नारायणी अस्पताल,वीरगञ्ज 
– बिहान र दिउँसो गरी दुई सिफ्ट ओपीडी सेवा सञ्चालन । 

मोनमोहन कार्डियोथोरासिक, काठमाडौं 
–बहिरंग सेवातर्फ दर्ता हुन आएका सम्पूर्ण सेवाग्राहीलाई सेवा प्रदान सुरु । दिवा सत्रमा समेत बिरामीको रिपोर्टसहित परामर्श सेवा सुरु । शल्यक्रिया तथा अन्य उपचार सेवाको लागि पर्खिनुपर्ने पालो एकमहिनाभन्दा कम कायम । 

कान्ति बाल अस्पताल, महाराजगन्ज काठमाडौं 
–अस्पतालमा दुई सिफ्टमा ओपीडी सुरु गर्न प्रक्रिया अगाडि बढाइएको ।

पाटन अस्पताल, ललितपुर 
भीड व्यवस्थापन गर्न अस्पतालमा जनरल तथा पेइङ क्लिनिकको प्रणाली थप व्यवस्थित गरिएको । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाँके 
–विशेषज्ञसहितको ओपीडी सेवा विस्तार ।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ 
–१३ साउनदेखि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म ओपीडी सञ्चालन । बिरामीले शय्या नपाउने तथाअप्रेसनको लागि लामो समय कुर्नुपर्ने समस्या समाधान । 

डडेलधुरा अस्पताल, डडेलधुरा 
–ओपीडी सेवा बिहान ९ः०० बजेदेखि साँझ ५ः००बजेसम्मै सुरु । बिरामीलाई शय्या नपाउने अवस्थाको अन्त्य गर्ने प्रक्रिया प्रारम्भ । 

वीर अस्पताल, काठमाडौं 
–दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन, १३ साउनदेखि ईएचएस सेवा सञ्चालन । 

बीपीकोइरालामेमोरियलक्यान्सरअस्पताल, चितवन
–सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई थप ओपीडी टिकट काउन्टर सञ्चालन । भिड नियन्त्रणकोलागि टोकन प्रणाली पनि जडान । 

सुझावित समाचार