सेयर बजारमा उछाल कायमै

चारपटकसम्म २९ सय पार गरेको बजारमा कारोबार रकममा पनि उत्साह

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

दुई सूचकमा कीर्तिमान बनाएको भोलिपल्ट पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक लगातार उकालो चढिरहेको छ। यतिवेलासम्म बजारले पटकपटक २९ सय विन्दु पार गरेको छ।

सेयर बजार खुलेको एक घण्टामै बजार २९२३ मा पुगेको थियो। त्यसको पाँच मिनेटपछि २८९६ मा करेक्सन भएको बजार पुनः बढेर २९२३ मै पुग्यो। त्यसपछि केही करेक्सन देखिएको बजार मध्याह्न १२ बजेतिर पुनः बढेर २९२९ छुन खोज्यो। 

त्यसपछि करेक्सन देखिएको बजार १२ बजेर ४९ मिनेटमा २८८५ मा ओर्लियो। दश मिनेटपछि नै पुनः बढ्दै २९०९ सम्म पुग्यो। सवा एक बजेतिर करेक्सन देखिएको बजारले पुनः गति लियो र २९ सयको मनोवैज्ञानिक विन्दु पुनः पार गर्यो। 

एक बजेर ४५ मिनेटभित्र बजारमा २९ अर्ब ४ करोड, ५२ लाख ७२ हजारको कारोबार भइसकेको छ। यतिवेसम्म चार करोड ८२ लाख ६८ हजार नौ सय ६३ कित्ता सेयर कारोबार भइसकेको छ।

आइतबार कुल सेयर कारोबार २५ अर्ब ७७ करोडको भएको थियो भने बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब पुगेको थियो।

सुझावित समाचार