विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण
विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर

तस्बिर : रासस ।

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन्। 

नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा अध्यक्ष कुँवरसँगै उपाध्यक्षमा शशीनाथ मरासिनी, सचिवमा युवराज बन्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका छन्।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका अनुसार १३ सदस्यीय कार्यसमितिका सदस्यहरूमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गंगाराम खनाल निर्विरोध निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। (रासस)

सुझावित समाचार