टेक्नो ब्रान्डले नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा सो नियुक्तिबारे जानकारी दिइएकाे हाे।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो ।
टेक्नो मोबाइलका सिइओ अरिजित तलपात्राले साझेदारीबारे टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौँ कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउनेछ।’
टेक्नोले नेपाली बजारमा १० बजार हिस्सा ओगटेको कम्पनीले जनाएकाे छ। १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड रहेको दाबीसमेत टेक्नोको छ।
टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। टेक्नोले स्मार्टफोन, स्मार्ट वेयरेबल्स, ल्यापटप, ट्याब्लेट HiOS अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत शृंखलामार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ।