बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका– ७ खड्कावाडामा भर्याङबाट लडेर एकजनाकाे मृत्यु भएकाे छ । ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार राति घरको भर्याङबाट लडेर मृत्यु भएको हाे ।
मृतक खड्का आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्याङबाट लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।