प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण
प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

फाइल तस्बिर।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।  

सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग बिहीबार अर्थ मन्त्रालयमा छुट्टाछुट्टै छलफल गरी राष्ट्रिय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न भएका, राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्रअन्तर्गतका र निर्माणाधीन आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

सुझावित समाचार