सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि भिडन्तमा २–२ सेटको बराबरी भएको छ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपाल र भारतबीचको खेल २–२ सेटको बराबरीमा जारी छ।
पहिलो सेटमा नेपालले २५–२३ को जित निकालेकोमा दोस्रो सेट भारतले २५–१४ ले आफ्नो नाममा गर्यो। तेस्रो सेट २५–२२ ले जित्दै अग्रता लिएको नेपाल चौथो सेटमा २५–२१ ले पुनः पछि
परेको हो।
प्रतियोगिताअन्तर्गत यसअघि आजै भएको अर्को खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै इरानले तेस्रो स्थान पक्का गरिसकेको छ।