काभा भलिबल उपाधि भिडन्त : दोस्रो सेट भारतको पक्षमा

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण
काभा भलिबल उपाधि भिडन्त : दोस्रो सेट भारतको पक्षमा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि भिडन्तमा भारतले नेपालसँग बराबरी गरेको छ।

पहिलो सेटमा नेपालसँग पराजित भएको भारतले दोस्रो सेट आफ्नो नाममा पारेको हो। दोस्रो सेट भारतले २५–१४ ले आफ्नो पक्षमा पारेको छ। नेपालले पहिलो सेट २५–२३ ले जितेकाे थियोे।

प्रतियोगिताअन्तर्गत यसअघि आजै भएको अर्को खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै इरानले तेस्रो स्थान हासिल गरेको छ।

See More On

सुझावित समाचार