सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बुधबार भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो।
इरानले श्रीलंकालाई २५–२२, २८–२६ र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो।
उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामान गर्दै छ। उक्त खेल आज साँझ ५ बजेदेखि सुरु हुनेछ। रासस