ढलमा छिरेर बेपत्ता महिला मृत फेला परेकी छिन् । मंगलबार १०:४५ को समयमा काभ्रेको धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा रामेछाप खाँडादेवी गाउँपालिका– ३ घर भई हाल काभ्रेको पनौती नगरपालिका– ५ नैकिनटार बस्ने वर्ष ५० की भगवती भागदास छिरेकी थिइन् ।
उद्धारका लागि प्रहरीको टोली पुग्दा उनलाई ढलले बगाइसकेको थियो । खोजतलासको क्रममा ११:३५ मा बगाएको स्थानबाट करिब तीन सय मिटर तल खेतमा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ । उनी मृत अवस्थामा रहेको प्रहरीको भनाइ छ । उनी कसरी ढलमा छिरिन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।