बंगलादेशमा प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बढेको छ।

देशमा अशान्ति बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना बढेको प्रधानमन्त्री हसिनाका वरिष्ठ सल्लाहकारले सोमबार एएफपीसँग बताएका छन्।

‘राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठेपछि उहाँले राजीनामाको ‘सम्भावना’ रहेको बताउनुभएको हो,’ नाम नबताउने सर्तमा प्रधानमन्त्रीनिकट एक सहयोगीले भने, ‘राजनीतिक अवस्था तरल बनेको छ। सम्भवतः उहाँले राजीनामा दिनुहुन्छ। तर, यो कसरी हुन्छ मलाई थाहा छैन।’

यसैबीच प्रधानमन्त्री हसिनाका छोराले सोमबार देशको सुरक्षा बललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी सन्देशमा कुनै पनि गैरनिर्वाचित समूहबाट हुन सक्ने सत्ता कब्जा रोक्न आग्रह गरेका छन्।

हाल अमेरिकामा बसोवास गर्दै आएका सजिव वाजेद जोयले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कर्तव्य हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित राख्नु र संविधानको पालना गर्नु हो। यसको अर्थ कुनै पनि अनिर्वाचित सरकारलाई एक मिनेट पनि सत्तामा आउन नदिनुहोस्, यो तपाईंको कर्तव्य हो।’

सुझावित समाचार