पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका- ५ स्थित महेशबारीबाट प्रहरीले यात्रुवाहक बस चढेर लहान आउँदै गरेका दुई भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार साँझ करिब साढे ६ बजेतिर इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले यात्रुवाहक बस रोकेर चेकजाँच गर्ने क्रममा दुईजना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

भारतको मधुवनी जिल्लाको ग्राम पञ्चायत पिपराही झझरी टोलका करिब १८ वर्षीय नीरजकुमार पासवान र वडा नम्बर १२ बलानसेर टोलका ३७ वर्षीय अरुण साहलाई जिओबस एयर पिस्तोल स्विङ कालो रंगकाे पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरूले लुकाएर ल्याएको पेस्तोल कसलाई बिक्री गर्न ल्याएका थिए वा कुनै अपराध गर्न आएका थिए भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन । 
 

See More On

सुझावित समाचार