एमालेका प्रदेश इन्चार्ज हेरफेर

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

नेकपा एमालेले प्रदेश इन्चार्ज हेरफेर गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले पार्टीका प्रदेश इन्चार्ज हेरफेर गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेश प्रदेश, डा. राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ।

सुझावित समाचार